मन्त्रिमण्डल विस्तारको वरियतामा देउवापछि खाँण, चौथोमा भुसाल
प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । सत्ता घटक राजनीतिक दललाई समेट्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई शुक्रबार पूर्णता दिँदै संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा कार्यविभाजन र वरियता समेत छुट्याएका छन् ।
गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल वरियताको चौथो.नम्बरमा रहेकी छन् । भुसाल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएकी हुन् ।
त्यस्तै पाँचौ नम्बरमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जनता समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । छैठौं नम्बरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गर्दै विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा बरियताको सात नम्बरमा परेका छन् ।
यस्तो छ कार्यविभाजन र वरियताक्रम :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य नीति बनाइने
-
धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’
-
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
-
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
