मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकारमा तीन राज्यमन्त्री

शुक्रबार, २२ असोज २०७८, १६ : २०
शुक्रबार, २२ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिनामा मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री गरी मन्त्रिपरिषद्को आकार २५ सदस्यीय भएको हो । शुक्रबार प्रधानमन्त्री देउवाले गठबन्धन घटकलाई समेट्दै मन्त्रिपरिषदलाई पूर्णता दिँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीको व्यवस्था गरेका छन् ।

तीन राज्यमन्त्रीमध्ये उमेश श्रेष्ठले मन्त्रिपरिषदको कार्यालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बोधमायाकुमारी यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । दलगत हिसाबले काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक राज्यमन्त्री पाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप