शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हुम्लामा काँग्रेसको समानान्तर कार्यसमिति घोषणा

मङ्गलबार, १९ असोज २०७८, २० : ००
मङ्गलबार, १९ असोज २०७८

हुम्लामा नेपाली काँग्रेसको समानान्तर कार्यसमिति गठन भएको छ । काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सत्ता र शक्तिको आडमा एकलौटी अधिवेशन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समानान्तर जिल्ला कार्यसमिति घोषणा गरेको हो । पौडेल पक्षीय जिल्ला कार्यसमितिमा रामबहादुर भण्डारीलाई सभापति बनाइएको छ । १६ गते शेरबहादुर देउवा पक्ष अर्थात् जीवनबहादुर शाही पक्षले मोहनविक्रम सिंहलाई सभापतिमा सर्वसम्मत चयन गरिएको भनेको थियो ।

पौडेल पक्षले आफ्नो समर्थनबिना निर्वाचन अधिकृतलाई हातमा लिएर नेता शाहीले एकलौटी गरेको भन्दै समानान्तर कार्यसमिति गठन गरेको हो । प्रदेशसभा क्षेत्र ‘क’ बाट सुरु भएको विवादले अन्ततः विभाजनको मोड लिएको हो । प्रदेशसभा ‘क’ को अधिवेशन बहिस्कार गरेको पौडेल पक्षले जिल्ला अधिवेशनलाई समेत बहिस्कार गरेर  समानान्तर कार्यसमिति घोषणा गरेको हो ।

पौडेल पक्षको घोषणा गरेको कार्यसमिति 

पौडेल पक्षधर नेतृ तथा पुर्व संघीय सांसद रिता शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार रामबहादुर भण्डारीको सभापतित्वमा घोषणा गरिएको समानान्तर समितिको उपसभापतिमा पेमा तामाङ र तिलक शाही, सचिवमा चन्दा फडेरा र लोकेन्द्र बहादुर लामालाई चयन गरेको छ । 

सहसचिवमा राजप्रसाद जैसी, खुल्ला सदस्यमा जनक शाही, जगत बहादुर धामी, छिरिङयाङजु लामा, धर्मदत्त फडेरा, जस फडेरा, सुनिता बुढा, घमण्डी मल्ल, खसआर्यमा दाने फडेरा, विक्रम बुढा, दलितबाट लालकला बिक, जनजाति पासाङ बुढाथोकी, जनक तामाङ, खसआर्य महिला सदस्यमा नानीकला शाही, मायादेवी शाहीलाई चयन गरेको छ ।

यस्तो थियो संस्थापन पक्षको कार्यसमिति

सभापति-  मोहनविक्रम सिंह

उपसभापति- कैलाश भण्डारी र बसन्त रोकाया

सचिव-विजय बुढा र कृष्णबहादुर बोहरा,

सहसचिव- दिलबहादुर शाही र पाल्जोर लामा तामाङ

२४ जना जिल्ला कार्य समिति सदस्य

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप