तालिबानको हजामलाई हुकुम : दाह्री छोट्याउने र काट्ने काम बन्द गर

तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा हजामलाई दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध लगाइदिएको छ । उनका अनुसार यसले इस्लामी कानूनको उनीहरुको व्याख्याको उल्लंघन गर्छ । तालिबान धार्मिक प्रहरीका अनुसार यो नियम उल्लंघन गर्ने जोसुकैलाई पनि सजाय दिइनेछ ।
राजधानी काबुलका केही हजामले आफूहरुले यस्तै प्रकारको आदेश पाएको बताएका छन् । यो निर्देशनपछि तालिबानको पुराना कट्टर शासन फिर्ता हुने अनुमान गरिएको छ । यद्यपि, तालिबानले भने आफूहरु यसपटक भने नरम हुने दाबी गरिरहेका छन् ।
चारवटा शव सडकमा झुण्ड्याएः
अघिल्लो महिना सत्तामा आएपछि तालिबानले आफ्नो विरोधीलाई कडा सजाय दिएको छ । शनिबार प्रकाशित रिर्पोट अनुसार तालिबानका लडाकूले अपहरणको मामिलाका चार अभियुक्तलाई गोली हानी हत्या गरेर उनीहरुको शवलाई हेरात प्रान्तको सडकमा झुण्ड्याएका थिए ।
हेलमन्द प्रान्तको सैलुन बाहिर नोटिस टाँसिएको छ जसमा तालिबानका अधिकारीले हजामलाई कपाल र दाह्री काट्नका लागि शरिया कानूनको पालना गर्न चेतावनी दिएका छन् ।
बीबीसीले आफूले नोटिस पढेको र त्यसमा ‘कसैलाई पनि असन्तोष व्यक्त गर्ने अधिकार नभएको’ लेखिएको जानकारी दिएको छ ।
पसलमा आएर फरमान जारीः
काबुलमा एक हजामले भने, ‘लडाकू बारम्बार आइरहेका छन् र हामीलाई दाह्री नकाट्न आदेश दिइरहेका छन् ।’
अर्का एक हजामले भने, ‘उनीहरुले हामीलाई पक्राउ गर्नका लागि एक अन्डरकभर एजेन्ट पनि पठाउन सक्छन् ।’
शहरको एउटा ठूलो सैलुन चलाउने अर्का एक हजामले भने, ‘मलाई पनि फोन आएको थियो र उनले पनि आफूलाई सरकारी अधिकारी बताएका थिए । उनीहरुले मलाई अमेरिकी स्टाइलको पालना नगर्न र कसैको पनि दाह्री जुङ्गा नकाट्न आदेश दिएका छन् ।’
सन् १९९६ देखि २००१ का बीच तालिबानको पहिलो शासनका बेला कट्टर इस्लामी संगठनले आकर्षित गर्ने खालका हेयरस्टाइललाई प्रतिबन्ध गरेको थियो र पुरुषलाई दाह्री बढाउनका लागि जोड दिइएको थियो ।
यद्यपि, तालिबान सत्ताबाट बाहिरिएपछि क्लिन सेभ लुक साधारण भएको थियो र थुप्रै अफगान जनता सैलुनमा फेसनेबल कपाल काट्न जान्थे ।
सैलुनको आम्दानीमा असरः
थुप्रै हजामले आफ्नो पहिचान सार्वजनिक नगर्न निवेदन दिएका छन् । उनका अनुसार नयाँ कानूनले उनीहरुको आम्दानीमा बाधा पुर्याउने र यसले जीवनयापनमा नै समस्या निम्त्याउन सक्ने बताएका छन् ।
एक हजामले बीबीसीसँग भने, ‘थुप्रै वर्षदेखि मेरो शैलुनले नौजवानको दाह्री जुङ्गा काट्ने, कपाल काट्नेलगायतका काम गर्दै आएको छ । ’
‘अब यो व्यवसायलाई निरन्तरता दिनुको कुनै फाइदा छैन ।’
अर्का एक हजामले भने, ‘फेसन सैलुन र हजामको काम अब प्रतिबन्धित व्यवसाय बन्ने तयारीमा छ । पछिल्लो १५ वषदेखि यहि मेरो काम थियो र मलाई लाग्दैन कि अब म यसलाई निरन्तरता दिन सकूँला ।’
‘ग्राहक आफैं पनि दाह्री जुङ्गा काटिरहेका छैनन् किनभने उनीहरु तालिबान लडाकूको निशाना बन्न चाहँदैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?
-
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन