तालिबानका संस्थापकले भने- हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ

इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । ‘सुरक्षाका लागि हात काट्नु निकै जरुरी छ,’ एशोसिएट प्रेससँगको कुराकानीमा तुराबीले भने । यद्यपि, सार्वजनिकस्थलमा यस्तो सजाय दिने वा नदिने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय लिने उनले बताए ।
दुई दशकअघि तालिबानको शासन हुँदा तुराबीले नै कानून मन्त्रालय हेर्थें । त्यतिबेला अफगानिस्तानमा अपराधीहरूलाई रंगशालामा गोली हानेर मार्ने गरिएको थियो, पीडितका परिवारले उनीहरुलाई सार्वजनिकस्थलमा टाउको गोली हान्थेँ । क्षतिपूर्ति रकम लिएर अपराधीलाई माफी दिन पाउने अधिकार पनि पीडितसँग थियो । त्यसैगरी चोरीको अभियोग लागेकाहरूको हात काट्ने गरिन्थ्यो । त्यसैगरी हाइवेमा लुट्नेहरूको हात र खुट्टा काटिन्थ्यो ।
तुराबीले काबुलको नयाँ सत्तामा हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी पनि दिएका छन् । ‘रंगशालामा दिइएको सजायका लागि धेरैले हाम्रो आलोचना गरे । तर, हामीले उनीहरुका कानून र सजायबारे कहिल्यै केही भनेनौँ’ तुराबीले एशोसिएट प्रेससँगको अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो कानून कस्तो हुनुपर्छ भनेर कसैले भन्ने होइन । हामी इस्लामको पालना गर्छौ र कुरानअनुसार कानून बनाउँछौं ।’
१९९६ देखि २००१ सम्म तालिबानी शासन अति कठोर थियो । पुरुषहरूले अनिवार्य दाह्री पाल्नुपर्ने, महिलाहरुले बुर्का लगाउनुपर्ने, संगीतमाथि प्रतिबन्धलगायत कडा नियमहरु बनाइएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिरहेको विमानमा एक यात्रीको मृत्यु, शवसँगै चार घण्टा बसेका अर्का यात्री के भन्छन् ?
-
शिव मन्दिर जाँदै गरेका यात्रु सवार गाडी कालीगण्डकी नदीमा खस्यो
-
भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
-
लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी
-
खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को शुभमूहूर्त