अपहरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झुण्ड्यायो
तालिबानले चारजना अपहरणकारीलाई गोली हानी मारेर उनीहरुको शवलाई अफगानी शहर हेरातको सार्वजनिक स्थलमा झुण्ड्याएको जानकारी दिएको छ । तालिबानी अधिकारीले अति क्रुर सजाय दोहोरिन सक्ने भन्दै दिएको चेतावनीको भोलिपल्ट उनीहरुको शव सार्वजनिक स्थलमा राखिएको हो ।
स्थानीय अधिकारीका अनुसार एक व्यापारी र उनका छोरालाई अपहरण गरेका कारण ती चारजनालाई मारिएको हो । स्थानीयका अनुसार ती शवलाई क्रेनको सहयोगमा सिटी सेन्टरमा झुण्ड्याइएको हो । वाजिर अहमद, एक स्थानीय पसलेले असोसिएटेड प्रेस समाचार एजेन्सीको सहयोगमा चारवटा शवलाई चोकमा ल्याएको र त्यहाँ एकजनालाई झुण्ड्याइएको जानकारी दिए ।
उनका अनुसार बाँकी शवलाई शहरका अन्य चोकमा ‘डिस्प्ले’ का लागि लगियो । हेरातका डेप्युटी गभर्नर माउल्वाई सायरले भविष्यमा अपहरणका घटना नदोहोरियोस् भन्नका लागि शवलाई झुण्ड्याएर राखेको बताए । ती चारजनाले एक व्यापरी र उनका छोरालाई अपहरण गरेको भन्ने तालिबानले थाहा पाएपछि उनीहरुलाई गोली हानी हत्या गरिएको सायरले जानकारी दिए । अपहृत व्यापारी र उनका छोरा दुबैलाई रिहा गरिएको छ ।
यद्यपि, बीबीसीले ती चारजनालाई कुन परिस्थितिमा मारिएको भनेर स्वतन्त्र रुपमा पुष्टि भनेको गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण