अपहरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झुण्ड्यायो

तालिबानले चारजना अपहरणकारीलाई गोली हानी मारेर उनीहरुको शवलाई अफगानी शहर हेरातको सार्वजनिक स्थलमा झुण्ड्याएको जानकारी दिएको छ । तालिबानी अधिकारीले अति क्रुर सजाय दोहोरिन सक्ने भन्दै दिएको चेतावनीको भोलिपल्ट उनीहरुको शव सार्वजनिक स्थलमा राखिएको हो ।
स्थानीय अधिकारीका अनुसार एक व्यापारी र उनका छोरालाई अपहरण गरेका कारण ती चारजनालाई मारिएको हो । स्थानीयका अनुसार ती शवलाई क्रेनको सहयोगमा सिटी सेन्टरमा झुण्ड्याइएको हो । वाजिर अहमद, एक स्थानीय पसलेले असोसिएटेड प्रेस समाचार एजेन्सीको सहयोगमा चारवटा शवलाई चोकमा ल्याएको र त्यहाँ एकजनालाई झुण्ड्याइएको जानकारी दिए ।
उनका अनुसार बाँकी शवलाई शहरका अन्य चोकमा ‘डिस्प्ले’ का लागि लगियो । हेरातका डेप्युटी गभर्नर माउल्वाई सायरले भविष्यमा अपहरणका घटना नदोहोरियोस् भन्नका लागि शवलाई झुण्ड्याएर राखेको बताए । ती चारजनाले एक व्यापरी र उनका छोरालाई अपहरण गरेको भन्ने तालिबानले थाहा पाएपछि उनीहरुलाई गोली हानी हत्या गरिएको सायरले जानकारी दिए । अपहृत व्यापारी र उनका छोरा दुबैलाई रिहा गरिएको छ ।
यद्यपि, बीबीसीले ती चारजनालाई कुन परिस्थितिमा मारिएको भनेर स्वतन्त्र रुपमा पुष्टि भनेको गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित