प्रचण्डमाथि ओलीको टिप्पणी : त्यत्रो जहाज उडेको, हेर्दै गयो बिलाउँदै जान्छ !
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रमशः बिलाउँदै गएको टिप्पणी गरेका छन् ।
एमाले जिल्ला कमिटी भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले नेकपा हुँदाको प्रचण्ड र अहिलेको प्रचण्डबीचको भिन्नता दाँज्दै भने, ‘प्रचण्डरूपी त्यत्रो जहाज उडेको, हेर्दै गयो बिलाउँदै जान्छ, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’
ओलीले प्रचण्डतिर लागेका नेता कार्यकर्तालाई उनको घरेलु कार्यकर्ता नहुन पनि सुझाव दिए । माओवादीका कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै ओलीले उनीहरुलाई एमालेमा फर्कन आह्वान गरे ।
‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौँ । तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन’, ओलीको टिप्पणी छ । त्यस्तै उनले माधव नेपालतिर गएका कार्यकर्ताहरुलाई पनि एमाले मौरी भएको भन्दै फोहोरको डंगुर छोडेर फर्कन आह्वान गरे ।
‘मौरीको संगत लागेर गयो भने फूलबारीमा पुगिन्छ । झिँगाको पछि लागेर फूलबारी पुगिँदैन । फोहोरको डंगुरमा पुगिन्छ, त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’अध्यक्ष ओलीले भने ।
जनतालाई उत्तेजित नपार्न चेतावनी
ओलीले शान्तिपूर्ण आन्दोलन गरेका जनतालाई उत्तेजित नबनाउन सरकारलाई चेतावनी पनि दिए । उनले लोकतान्त्रिक अभ्यासमार्फत शान्तिपूर्ण आन्दोलन गर्ने जनतालाई सरकारले दमन गरेको भन्दै यस्तै रहे जनता प्रतिवादमा उत्रने बताए ।
‘हामी पनि सरकारमा थियौँ, तीन वर्ष केही गर्नुपरेन, लाठी लाउनु नपर्ने, तर टुक्राटुक्री मिलेर बनेको सरकार बन्नेवित्तिकै दमन गर्ने ?’, अ‍ोलीको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
