अष्टलक्ष्मी शाक्यलाई ओलीको जवाफ : माधव नेपाल के फेरि पार्टी फुटाउन आउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् । बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् । ‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ ।
उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दावी गरे । ‘एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ’, ओलीले सम्बोधनको सुरुमै भने, ‘एमालेको भूमिका मात्रै परिवर्तन भयो । हामी सरकारमा थियौँ, प्रतिपक्षमा गयौँ ।’
अध्यक्ष ओलीले माओवादी केन्द्र एमालेमै रहेको भन्दै नाममात्रै रहेको प्रचण्ड गुट बाहिरिएको बताए । उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ? माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले भने ।
उनले लामो समय सँगै काम गरेकाले केही लोभ लागेको भएपनि लोभ छोड्न आग्रह गरे । शाक्यले सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाललाई एमाले पार्टीमा फर्कन आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?