सरकारलाई ओलीको प्रश्न : ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी बढ्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको बताए ।
उनले देउवा सरकारलाई प्रश्न गर्दै भने– ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन कस्तो मन पोलेको होला धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे !’
उनले घण्टाघर यो सरकारले बनाउन नसक्ने भन्दै बनाउन नसक्नेलाई नभत्काउन सुझाव दिए । उनले चुनावमा सत्तापक्ष हुक्वाँ गर्दै जाने तर चुनावपछि स्वाँ गरेर फर्कने बताए । उनले एमाले चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दावी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
