सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एमाले कागजको होइन, बासना दिने फूल हुनुपर्छ : महासचिव पोखरेल

बिहीबार, ३१ भदौ २०७८, १५ : ३३
बिहीबार, ३१ भदौ २०७८

नेकपा एमाले महासचिव ईश्वर पोखरेलले अबको एमाले राष्ट्रिय हित र जनताका मुद्दामा परिचालन हुनुपर्ने बताएका छन् । त्यसका लागि उनले नेता कार्यकर्तालाई जनपरिचालनका रुपमा परिचालनको नीति अघि बढाइने बताएका हुन् ।

बिहीबार काठमाडौमा भएको कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै एमालेको जनतासँग जोडिनका लागि जनपरिचालन गर्न जरुरी रहेको बताए । ‘अनिमात्र एमालेलाई एमाले जस्तै बनाउन सकिन्छ । एमाले कागजको फूलजस्तो होइन, बासना दिने फुलजस्तै बनाउनुपर्छ । जनतासँगको सम्बन्ध टुट्यो भने, नाम झण्डा रहला तर परिवर्तनको बाहक एमाले हुँदैन’, महासचिव पोखरेलको भनाइ छ ।  

महासचिव पोखरेलले समाजवादको आधार तयार गर्ने कुरामा सुदृढ र व्यवस्थित एमाले बनाउन ध्यान दिनुपर्ने एमाले अहिले जोखिम र संगीनपूर्ण अवस्थामा रहेको बताए । ‘जनतासँगको सम्बन्ध सुदृढ गर्दै समाजवादको आधार तय गर्नुपर्नेछ’, पोखरेलको भनाइ छ ।  

नेता कार्यकर्तामा धेरै समस्या रहेको भन्दै उनले कार्यकर्तामा अध्ययन र प्रशिक्षणको पनि कमि भएको स्वीकार गरे । ‘हामीमा समस्या छन्, अध्ययन र प्रशिक्षणको कमी छ । पार्टीका दस्तावेज, अन्तरपार्टी निर्देशन पढ्दैनौ, सामाजिक सञ्जालमा भुलिएका छौ त्यसैले अव अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्नेछ’, पोखरेलले भने, ‘पार्टी बनाउन संकल्प र अठोट चाहिन्छ ।’

उनले अव बन्ने नेकपा एमाले विचारको स्पष्टता,राज्यको संरचनासँग मिल्दोजुल्दो पार्टी संरचना, सकारात्मक साेच, र विधिसम्मत पार्टी सञ्चालनको हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप