१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौ : ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् ।
बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले एमालेको संगठनात्मक संरचनालाई जेठ २ मा पुर्याउनु भनेको राजनीतिक सेन्समा बुझ्नुपर्ने पनि बताए । ‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गरियो भने अधुरो हुन्छ’, पोखरेलको भनाइ छ ।
उनले सत्ता गठबन्धनले मुलुकको विकास र सम्बृद्धिलाई अवरोध बनाउन खोजेको भन्दै यस्तो अवस्थामा केपी ओली नेतृत्वको नेकपा एमालेले राष्ट्रिय राजनीति मुल धारका रुपमा रहेको बताए ।
उनले एमाले संविधान र विधिलाई मान्ने भएकाले २०७९ बैशाख १० भित्र दशौं राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भएकाले त्यो मान्यतामा अघि बढेको बताए । ‘हामीले यो बोर्डरलाईन उल्लंघन गर्नुहुँदैन, राष्ट्रिय महाधिवेशन गर्न विधान महाधिवेशन गर्नुपर्छ ।’
एमालेले असोज १५ देखि १७ मा विधान महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ उक्त महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावलाई पारित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण