शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक

सोमबार, २८ भदौ २०७८, १५ : १९
सोमबार, २८ भदौ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

दिउँसो साढे २ बजे बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो । सर्वदलीय बैठकमा संसद्मा जारी गतिरोध अन्त्य लगायतका महत्त्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

​छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ । यद्यपि, नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ । 

यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ । २३  भदौ गतेदेखि सुरु भएको संसद् अधिवेशनमा एमालेले संसद् अवरुद्ध गरिरहेको छ । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै विरोध जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप