तस्बिरमा हेर्नुहोस् एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
दिउँसो साढे २ बजे बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो । सर्वदलीय बैठकमा संसद्मा जारी गतिरोध अन्त्य लगायतका महत्त्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ । यद्यपि, नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।
यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ । २३ भदौ गतेदेखि सुरु भएको संसद् अधिवेशनमा एमालेले संसद् अवरुद्ध गरिरहेको छ । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै विरोध जनाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

