सभामुखले बोलाएको बैठक एमालेद्वारा किन बहिष्कार ?
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको भएपनि एमालेले बहिस्कार गर्ने भएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले आज बोलाएको बैठकमा एमाले सहभागी नहुने बताए ।
‘सभामुखले नेकपा एकीकृत समाजवादी नामको पार्टी सहभागी गराएको बैठकमा हामी सहभागी हुँदैनौ’, तामाङले भने, ‘जबकी हामीले उक्त पार्टीको वैधानिकता नै स्वीकार गरेका छैनौँ । त्यसमा सभामुखको समेत भूमिका छ ।’
उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफल भए वा बोलाएमा भने एमालेले सहभागिता जनाउने बताए ।
एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
‘हामी सत्तापक्ष र प्रतिपक्षबीच कुनै समस्या भएर समाधान वार्ता राखिन्छ भने त्यसमा सहभागी हुन्छौँ’, तामाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
