शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखले बोलाएको बैठक एमालेद्वारा किन बहिष्कार ?

सोमबार, २८ भदौ २०७८, १२ : ०७
सोमबार, २८ भदौ २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको भएपनि एमालेले बहिस्कार गर्ने भएको हो । 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले आज बोलाएको बैठकमा एमाले सहभागी नहुने बताए ।

‘सभामुखले नेकपा एकीकृत समाजवादी नामको पार्टी सहभागी गराएको बैठकमा हामी सहभागी हुँदैनौ’, तामाङले भने, ‘जबकी हामीले उक्त पार्टीको वैधानिकता नै स्वीकार गरेका छैनौँ । त्यसमा सभामुखको समेत भूमिका छ ।’

उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफल भए वा बोलाएमा भने एमालेले सहभागिता जनाउने बताए ।

एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । 
‘हामी सत्तापक्ष र प्रतिपक्षबीच कुनै समस्या भएर समाधान वार्ता राखिन्छ भने त्यसमा सहभागी हुन्छौँ’, तामाङको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप