बैठक स्थगित गरेर सभामुख एमालेसँगको वार्तामा
बुधबार, २३ भदौ २०७८, १६ : ४३
सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल सुरु भएको छ। संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरिरहेका हुन् ।
संघीय संसद भवनको सभामुख कक्षमा छलफल चलिरहेको हो ।
एमालेले आज संसद बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेको थियो । लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने