शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुखविरुद्ध नाराबाजी

बुधबार, २३ भदौ २०७८, १६ : १६
बुधबार, २३ भदौ २०७८

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । 
एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।

एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप