सभामुखलाई एमालेले सोध्यो प्रश्न– दल विभाजनमा किन भूमिका निर्वाह गरेको ?
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको सुरुमै सभामुखले उनलाई बोल्न समय दिएका थिए । उनले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न गरे ।
उनले एमालेको पार्टी कमिटीका १४ जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको तर आयोगले त्यसलाई समेत बेवास्ता गरेको आरोप लगाए । तीसमेत पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षर सनाखत गरेर एमाले टुक्र्याइएको भन्दै उनले आपत्ति जनाए ।
उनले भने, ‘एमालेजस्तो लोकतन्त्रका लागि ७२ वर्ष संघर्ष गरेको पार्टीलाई कसैले हेप्न खोज्छ भने एमाले चुप लागेर बस्ने छैन ।’ उनले यथास्थितिमा एमालेले सदनको कारवाही अघि बढ्न नदिने पनि प्रस्ट पारे ।
जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए ।
उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे ।
यसका बाबजुद नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध तुल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण