सङ्खुवासभा हत्या प्रकरण : घरमा सुन र ४ लाख ७१ हजार नगद भेटियो
सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘लुटेरा समूहले हत्या गरेको’ आशङ्कामा पनि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, लुट्ने उद्देश्यबाट हत्या नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कीको घरमा सुन र नगद भेटिएपछि लुट्ने उद्देश्यले हत्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ । घरमा ४ लाख ७१ हजार नगद तथा सुनका गहना ‘मारवाडी, नौगेडी’ फेला परेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले रातोपाटीलाई बताए ।
‘सम्पत्ति तलमाथि भएको छैन’ एसपी दाहालले भने– ‘आमा, बुहारी र नातिनी बुहारीले लगाएको सुन शवसँगै फेला परेको छ ।’ मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रन्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव सोमबार बिहान फेला परेको थियो । शव फरक–फरक चार स्थानमा फेला परेको थियो । हत्या अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी रुगम कुँवरको टोली पनि घटनास्थलमा पुगेको छ ।
जटिल घटना भएको हुनाले अनुसन्धानमा मिहिनेत गर्नुपर्ने अवस्था रहेको सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए । ‘विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं’ घटनास्थलमा रहेका डीएसपी सुवेदीले भने– ‘लुटपाटको सम्भावना छैन्, हतार गर्दा नकारात्मक रिजल्ट आउने हुनाले सचेततापूर्वक अनुसन्धान गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



