शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभा हत्या प्रकरण : घरमा सुन र ४ लाख ७१ हजार नगद भेटियो

बुधबार, २३ भदौ २०७८, १२ : २३
बुधबार, २३ भदौ २०७८

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘लुटेरा समूहले हत्या गरेको’ आशङ्कामा पनि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, लुट्ने उद्देश्यबाट हत्या नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कीको घरमा सुन र नगद भेटिएपछि लुट्ने उद्देश्यले हत्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ । घरमा ४ लाख ७१ हजार नगद तथा सुनका गहना ‘मारवाडी, नौगेडी’ फेला परेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले रातोपाटीलाई बताए ।

‘सम्पत्ति तलमाथि भएको छैन’ एसपी दाहालले भने– ‘आमा, बुहारी र नातिनी बुहारीले लगाएको सुन शवसँगै फेला परेको छ ।’ मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रन्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव सोमबार बिहान फेला परेको थियो । शव फरक–फरक चार स्थानमा फेला परेको थियो । हत्या अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी रुगम कुँवरको टोली पनि घटनास्थलमा पुगेको छ ।

जटिल घटना भएको हुनाले अनुसन्धानमा मिहिनेत गर्नुपर्ने अवस्था रहेको सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।  ‘विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं’ घटनास्थलमा रहेका डीएसपी सुवेदीले भने– ‘लुटपाटको सम्भावना छैन्, हतार गर्दा नकारात्मक रिजल्ट आउने हुनाले सचेततापूर्वक अनुसन्धान गरिरहेका छौं ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप