संखुवासभा घटना : परिवारका ६ सदस्य गुमाएर बाँचे ९३ वर्षीय वृद्ध
संखुवासभाको मादी हत्याकाण्डमा एक वृद्ध सकुशल रहेका छन् । ५७ वर्षीय छोरा तेजबहादुर कार्कीसहित परिवारका ६ सदस्य गुमाएका ९३ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका हुन् । सामान्य घाइते भएका उनी कान र आँखा देख्न नसक्ने अवस्थामा रहेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । घटनामा ५७ वर्षीय कार्कीसहित ६ जनाको हत्या भएको छ । मृत्यु हुनेमा ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।
प्रहरीकाअनुसार तेजबहादुको शव घरदेखि बाहिर सडकको भित्तामा अडेस लागेको अवस्थामा भेटिएको छ । उनको अनुहार र ढाडबाट रगत बगेको देखिन्छ । सासु बुहारीको शव घरछेउको खोलामा खप्टिएर राखिएको अवस्थामा भेटिएको छ । नातिनातिनाको शव भने घरदेखि माथिको खरबारीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटना भएको स्थान र घर संखुवासभाको दुर्गम क्षेत्रमा पर्दछ भने घर एकलासमा रहेको प्रहरीको भनाइ छ ।
घटनाको थप अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सङ्घीय प्रहरी कार्यालय, धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण