शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सङ्खुवासभा सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरलाई घटनास्थलमा ‘स्निफिङ’ गराइयो

सोमबार, २१ भदौ २०७८, २१ : ५१
सोमबार, २१ भदौ २०७८

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको मादी नगरपालिकामा मेयर विदुर कुमार लिंथेपले रातोपाटीलाई बताए । 

सोमबार दिउँसो मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो । 

सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट प्रहरी उपरीक्षक ‘एसपी’ भीम दाहाल नेतृत्वको टोलीले सोमबार साँझ घटनास्थलमा पुगेर तालिमप्राप्त कुकुर परिचालन गरि अनुसन्धान सुरु गरेका हुन् । 

‘शव फेला परेको ठाउँमा कुकुरलाई सुँघाउने काम हुँदै छ’  घटनास्थलमा रहेका मेयर लिंथेपले रातोपाटीसँग भने–‘अहिलेसम्म हत्याको कारण थाहा भएको छैन, अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेका छौँ ।’ 

शव घरबाहिर चार ठाउँमा फेला परेको छ । ८ वर्षीय बालकको शव घरभन्दा १ किलोमिटर पर बारीमा फेला परेको छ । रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेजबहादुरको शव सडकमा फेला परेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए । 

परिवारका एक जना सदस्य जीवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनी बोल्न सक्ने अवस्थामा छैनन् । सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सोमबार दिउँसो घटनास्थलमा पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप