सङ्खुवासभा सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरलाई घटनास्थलमा ‘स्निफिङ’ गराइयो
सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको मादी नगरपालिकामा मेयर विदुर कुमार लिंथेपले रातोपाटीलाई बताए ।
सोमबार दिउँसो मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो ।
सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट प्रहरी उपरीक्षक ‘एसपी’ भीम दाहाल नेतृत्वको टोलीले सोमबार साँझ घटनास्थलमा पुगेर तालिमप्राप्त कुकुर परिचालन गरि अनुसन्धान सुरु गरेका हुन् ।
‘शव फेला परेको ठाउँमा कुकुरलाई सुँघाउने काम हुँदै छ’ घटनास्थलमा रहेका मेयर लिंथेपले रातोपाटीसँग भने–‘अहिलेसम्म हत्याको कारण थाहा भएको छैन, अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेका छौँ ।’
शव घरबाहिर चार ठाउँमा फेला परेको छ । ८ वर्षीय बालकको शव घरभन्दा १ किलोमिटर पर बारीमा फेला परेको छ । रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेजबहादुरको शव सडकमा फेला परेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।
परिवारका एक जना सदस्य जीवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनी बोल्न सक्ने अवस्थामा छैनन् । सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सोमबार दिउँसो घटनास्थलमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण