डडेल्धुरा सभापति मल्ललाई निर्वाचन समितिको प्रश्न : अधिवेशन स्थगित गर्ने अधिकार कसले दियो ?

नेपाली काँग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले मंगलबार २५ गते वडा अधिवेशनको तालिका प्रकाशित गरेपछि जिल्ला सभापति मल्लले स्थगितको घोषणा गरेका थिए ।
केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा बदमासी भएको भन्दै मल्लले अधिवेशन स्थगितको घोषणा गरेका हुन् । तर निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अधिवेशन स्थगित गर्ने अधिकार नभएको रातोपाटीलाई बताए ।
उनले भने, ‘अधिवेशनको मिति तोक्ने र स्थगित गर्ने अधिकार जिल्ला सभापतिलाई छैन । डडेल्धुरामा जिल्ला सभापतिबाट अधिवेशन स्थगित भएको कुरा सुन्नमा आएको छ । बिलकुल यो उहाँको अधिकार होइन ।’
जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित नहुने उनको भनाइ छ । ‘केन्द्रीय कार्यसमितिले तोकेको मितिमा अधिवेशन हुन नसक्ने अवस्थामा स्थगित गर्ने र सार्ने जिम्मा हामीलाई दिइएको छ । जिल्ला सभापति कहाँबाट स्थगित गर्न मिल्छ ?,’ उनको प्रश्न छ, ‘अधिवेशन स्थगित हुँदैन । स्थगित गर्नै परे हामीले खटाएका निर्वाचन अधिकृतले हामीसँगको समन्वयमा मात्र गर्न सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?