देउवाको गृह जिल्लामा वडा अधिवेशन आह्वान गरिनु दुःखद : शेखर कोइरला
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले डडेल्धुरामा वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताएका छन् ।
मंगलबार विहान सामाजिक सञ्जालमार्फत कोइरालाले क्रियाशील सदस्यता नसच्याइ आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताए । मंगलबार निर्वाचन अधिकृतले भदौ २५ गतेका लागि वडा अधिवेशनको मिति तोकेका छ ।
‘सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र ?,’ उनले लेखेका छन् ।
कोइरालाले नेपाली काँग्रेस डडेलधुराका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताए ।
‘यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाईंदै छ भन्ने प्रमाण दिन्छ ,’ उनको भनाइ छ ।
केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको कृष्णप्रसाद सिटौला नेतृत्वको समितिको विश्वसनीयतामा शंका गर्ने प्रसस्त ठाउँ दिएको कोइरालाले बताए ।
‘म उहाँहरुलाई यस सम्बन्धमा आफ्ना भनाईहरु सार्वजनिक गर्न र ती क्रियाशील सदस्यताका वारेमा पुनर्विचार गर्न आग्रह गर्दछु,’ उनले भने ।
डडेल्धुरा घटनाले सबैलाई नराम्ररी झस्काएको भन्दै महाधिवेशन नगर्ने वहाना त हैन भन्दै उनले प्रश्न गरे । ‘यसरी महाधिवेशनको प्रकृया पुरा हुन्छ भन्नेमा म विश्वस्त हुन सक्दिन । साथीहरु सबै सचेत बनौँ । आफ्नो आफ्नो स्थानबाट विरोध गरौ,’ उनको आह्वान छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनः प्रयोग गर्न मिल्ने चिनियाँ रकेट सफलतापूर्वक अवतरण
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
-
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण