देउवाको गृहजिल्लामा तोकियो अधिवेशनको मिति
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापति कै गृह जिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची पठाएसँगै जिल्ला सभापतिलगातको बैठकले आगामी भदौ २५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिका संयोजक महादेव यादवले भदौ २१ गते डडेलधुराको क्रियाशील सदस्यहरुको सूची जिल्ला पठाइएको रातोपाटीलाई जानकारी दिए । यसपटक सूची भने सार्वजनिक गरिएन । क्रियाशील सदस्यसम्बन्धी विवादका कारण अझै पनि डडेलुधरासहित काँग्रेसका २१ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेको छ । बाँकी २० जिल्लाको पनि विवाद पनि चाँडै हल हुने यादवले आशा व्यक्त गरे । कृष्ण प्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सूची दिने बित्तिकै बाँकी जिल्लाहरुमा पनि अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ
-
धरपकडबाट संवादतिर प्रधानमन्त्री : सिंहदरबारमा ‘आइस–ब्रेक’
-
पुनः प्रयोग गर्न मिल्ने चिनियाँ रकेट सफलतापूर्वक अवतरण
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
-
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण