शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डडेल्धुरा सभापति मल्ललाई निर्वाचन समितिको प्रश्न : अधिवेशन स्थगित गर्ने अधिकार कसले दियो ?

बुधबार, २३ भदौ २०७८, ११ : १३
बुधबार, २३ भदौ २०७८

नेपाली काँग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले मंगलबार २५ गते वडा अधिवेशनको तालिका प्रकाशित गरेपछि जिल्ला सभापति मल्लले स्थगितको घोषणा गरेका थिए ।

केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा बदमासी भएको भन्दै मल्लले अधिवेशन स्थगितको घोषणा गरेका हुन् । तर निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अधिवेशन स्थगित गर्ने अधिकार नभएको रातोपाटीलाई बताए ।

उनले भने, ‘अधिवेशनको मिति तोक्ने र स्थगित गर्ने अधिकार जिल्ला सभापतिलाई छैन । डडेल्धुरामा जिल्ला सभापतिबाट अधिवेशन स्थगित भएको कुरा सुन्नमा आएको छ । बिलकुल यो उहाँको अधिकार होइन ।’

जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित नहुने उनको भनाइ छ । ‘केन्द्रीय कार्यसमितिले तोकेको मितिमा अधिवेशन हुन नसक्ने अवस्थामा स्थगित गर्ने र सार्ने जिम्मा हामीलाई दिइएको छ । जिल्ला सभापति कहाँबाट स्थगित गर्न मिल्छ ?,’ उनको प्रश्न छ, ‘अधिवेशन स्थगित हुँदैन । स्थगित गर्नै परे हामीले खटाएका निर्वाचन अधिकृतले हामीसँगको समन्वयमा मात्र गर्न सक्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप