माधवजस्तो शरम पचेको मान्छे संसारमै देखेको छैन : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चर्को आलोचना गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले माधव नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर प्रतिक्रान्ति गरेको आरोप लगाए ।
उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’ उनले विकासका लहर ल्याएको वामपन्थी सरकार ढालेर प्रतिक्रान्ति गर्ने र नेपाली काँग्रेसको एस पार्टी बनेको आरोप लगाए ।
उनले हिजो पार्टी फुटाउनुअघि गठबन्धनले माधव नेपाललाई लिएर पाँच पार्टीको गठबन्धन भनेको भन्दै माधव नेपाल मात्रै पार्टी रहेको बताए । उनले भोलि पनि माधव नेपाल मात्रै एकीकृत पार्टी रहने बताए ।
उनले एमाले पार्टी कहाँ छ भनेर कसैले सोध्यो भने धारा खोलेर देखाइदिन, नागरिक एप्स खोलेर देखाइदिन, फोर जी नेट चलाएर देखाइदिन आग्रह गरे । उनले मेलम्चीको पानी ल्याउन पनि एमाले चाहिने भन्दै आगामी निर्वाचनमा एमालेले चुनाव जितेर मेलम्चीको पानी ल्याउने दाबी गरे । उनले अहिलेको सरकार विकास विरोधी रहेको भन्दै यो सरकारले क्रेन ल्याएर धरहरा भत्काउन सक्ने, रानीपोखरीमा ढुङ्गा हाल्न सक्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


