बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षप्रति ओलीको कटाक्ष : ‘खान गएका पञ्जाबका लङ्गुरका झुण्डजस्तै’

शनिबार, १९ भदौ २०७८, १० : ००
शनिबार, १९ भदौ २०७८

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको बताएका छन् । शनिवार काठमाडौँमा भएको पार्टीको कार्यक्रममा बोल्दै उनले माधव नेपाल समूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको बताए ।

उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् ।’ उनले अहिलेको गठबन्धन सरकारको कुनै नीति नभएको र खानका लागि गएको आरोप लगाए । 

उनले भने–‘ यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’

उनले माधव नेपालप्रति लक्षित गर्दै भने–‘कहिले प्रधानमन्त्री बन्न पाउन भनेर राजाको वरिपरि दाम चढाएर हिँडेको छ, कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको पनि छ । यस्ता अनेक खालका तमासा गरिएको छ । २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको छ । मैले केही गर्न सकिन भनेर राजीनामा दिएको मान्छेलाई फेरी भाग चाहिएको छ । त्यस्ता केही तत्त्वहरू पार्टी छोडेर गएका हुन् ।’ उनले एमालेको सरकारले पहिलो पटक अन्तरिक्षमा स्याटलाइट पठाएको बताए । उनले अहिलेको सरकारले आफूले शिलान्यास गरेको २ सय ६० सडक आयोजनाको रद्द गरेको बताए । उनले अहिलेको सरकारले भूमिहीन सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेको भन्दै यो सरकार गरिबमारा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप