माधव पक्षप्रति ओलीको कटाक्ष : ‘खान गएका पञ्जाबका लङ्गुरका झुण्डजस्तै’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको बताएका छन् । शनिवार काठमाडौँमा भएको पार्टीको कार्यक्रममा बोल्दै उनले माधव नेपाल समूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको बताए ।
उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् ।’ उनले अहिलेको गठबन्धन सरकारको कुनै नीति नभएको र खानका लागि गएको आरोप लगाए ।
उनले भने–‘ यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’
उनले माधव नेपालप्रति लक्षित गर्दै भने–‘कहिले प्रधानमन्त्री बन्न पाउन भनेर राजाको वरिपरि दाम चढाएर हिँडेको छ, कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको पनि छ । यस्ता अनेक खालका तमासा गरिएको छ । २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको छ । मैले केही गर्न सकिन भनेर राजीनामा दिएको मान्छेलाई फेरी भाग चाहिएको छ । त्यस्ता केही तत्त्वहरू पार्टी छोडेर गएका हुन् ।’ उनले एमालेको सरकारले पहिलो पटक अन्तरिक्षमा स्याटलाइट पठाएको बताए । उनले अहिलेको सरकारले आफूले शिलान्यास गरेको २ सय ६० सडक आयोजनाको रद्द गरेको बताए । उनले अहिलेको सरकारले भूमिहीन सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेको भन्दै यो सरकार गरिबमारा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
