सरकारलाई ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका हुन् ।
उनले पटक पटक चीनसँग कुनै सीमा विवाद नभएको दोहोर्याउँदै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो रे ? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए ।
त्यस्तै, यो सरकारले कुनै रचनात्मक काम नगरेको र सबै कुरा बिगार्दै लगेको पनि आरोप लगाए । ‘रानी पोखरीमा ढुङ्गा हान्न सक्छन्, तपाईंहरु याद गर्नु होला । मूर्ति भत्काउन सक्छन् । यिनीहरूले रचनात्मक काम गर्दैनन् बिगार्दै मात्र गएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण