ओली समूहलाई सरप्राइज दिँदै मुख्यमन्त्री अष्टलक्ष्मी एमालेको ‘तेस्रो धारमा’
लामो समयदेखि एमालेको माधव नेपाल समुहमा रहेर अध्यक्ष केपी ओलीको चर्को विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार अचानक वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् । ओली समूहमा प्रवेश गरेर उनी मुख्यमन्त्री बनेको धेरैले चर्चा गरे ।
यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाए । तर, माधव नेपाल समूह छोडेर मुख्यमन्त्री भएको भोलिपल्टै शाक्यले अर्को ‘सरप्राइज’ दिएकी छिन् । उनले ओलीसँग नरहेको सन्देश दिँदै एमालेको तेस्रो धारका नेताहरुको समूहमा मिसिएर संयुक्त अपिल जारी गरेकी छिन् । जुन ओली पक्षका लागि ‘सरप्राइज’ हो ।
तेस्रो धारका नेताहरुको संयुक्त अपिलमा शाक्यको समेत नाम देखेपछि ओली पक्ष चकित बनेको छ । मुख्यमन्त्री शाक्यले माधव नेपाल पक्षका १४ सांसदमाथि भएको कारवाही फिर्ता लिन माग गरेकी छिन् ।
बिहीबार राति एमालेको तेस्रो धारका ९ नेताले जारी गरेको अपिलमा एक दिनअघि मात्रै ओली पक्षबाट मुख्यमन्त्री बनेकी शाक्यले हस्ताक्षर गरेकी छन् ।
भदौ २ गते माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । पूर्वएमालेका २०३ केन्द्रीय सदस्यमध्ये नेता माधव नेपालले ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली आयोगमा बुझाउँदा शाक्यको नाम थिएन ।

जबकि नवौं महाधिवेशनपछि शाक्य ओलीविरुद्ध सवैभन्दा चर्को आलोचनामा उत्रने गरेकी थिइन् । सोही कारण पनि शाक्यको साथ माधव नेपालकै पक्षमा हुन्छ भन्ने धेरैको आँकलन थियो । तर, नेपालले नयाँ पार्टी दर्ताका लागि आयोगमा बुझाएको नाम लिष्टमा शाक्यको नाम नहुनु र त्यसको केही घण्टाभित्रै शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि धेरैले शाक्यमा आएको नयाँ ट्वीस्टका रुपमा व्याख्या गरेका थिए ।
तर, त्यो ट्वीस्ट धेरै घण्टा टिकेन । अध्यक्ष ओलीको पहलमा मुख्यमन्त्री बनेकी उनै शाक्य त्यसको भोलिपल्टै तेस्रो धारमा उभिन पुगिन् । जसले गर्दा माधव नेपाल पक्षजस्तै ओली पक्षसमेत झस्किन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



