भावी रणनीति बनाउँदै नेकपा एमालेको ‘तेस्रो धार’
पार्टी विभाजनमा कतै पनि नलागेका नेकपा एमालेको तेस्रो धारका नेताहरू भावी रणनीति बनाउन जुटेका छन् । त्यसका लागि उनीहरूले आज शुक्रबार काठमाडौँमा उपलब्ध नेताहरुबीच बैठकको आयोजना गरेका छन् । छलफलमा पहिला माधव नेपाल पक्षमा लागेका तर पार्टी विभाजनपछि कतै पनि नलागेका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू सहभागी हुन लागेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
‘हामी पार्टी एकताको पक्षमा रहेर काम गर्दै आएका नेतालगायत पार्टी फुटमा कतै नलागेका एमालेका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसमेतको सहभागितामा छलफल हुँदैछ, पाण्डेले भने, ‘छलफलपछि हाम्रो दृष्टिकोण प्रस्ट पार्छौँ ।’ उनले छलफलपछि मात्रै पत्रकार सम्मेलन गर्ने या नगर्ने भन्ने निश्चित हुने बताए ।
विगतमा कार्यदलमा समेत रहेका नौ नेताले बिहीबार राति संयुक्त अपिल जारी गर्दै अध्यक्ष केपी ओलीलाई १० बुँदे कार्यान्वयन गर्न आग्रह गर्नुका साथै १४ नेतालाई गरेको कारबाही फिर्ता गर्न भनेका थिए । साथै माधव नेपाललाई फरक पार्टी गठनको प्रयास छोड्न समेत सुझाव दिएका थिए ।
नौ नेताले जारी गरेको अपीलमा सरकारले पार्टी विभाजनका लागि ल्याएको अध्यादेशको समेत विरोध गरेका थिए । यसरी अपिल जारी गर्नेहरूमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । ओली र नेपाल पक्ष कतै पनि नखुली अझै पार्टी एकताको पहल गरिरहेका छन् । तर उनीहरूले भनेजस्तो ओलीले नमान्ने भएकाले एमालेमा ओली र नेपालपछि तेस्रो धारका रूपमा स्थापित गर्ने उनीहरूको प्रयास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
