आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक हस्तक्षेपबारे नसोच्न भारतलाई तालिवानको चेतावनी

आइतबार, ३१ साउन २०७८, १२ : ५८
आइतबार, ३१ साउन २०७८

तालिवानको कब्जामा गइसकेका अफगानिस्तानका प्रान्तहरुमा विभिन्न देशहरुले कन्सुलेट कार्यालय बन्द गरेका छन्, त्यहाँबाट उनीहरुले आफ्ना कर्मचारीलाई बाहिर निकालिरहेका छन्  ।

भारतले पनि यस्तै गरिरहेको छ ।  तर, भारतलाई अफगानिस्तानमा सैन्य हस्तक्षेप नगर्न तालिवानले चुनौति दिएको छ । यद्यपी, विकास–निर्माणमा भारतले गरेका कामको तालिवानले प्रशंसा गरेको छ । ‘सैन्य भूमिकाको अर्थ के हो ? यदी उनीहरु अफगानिस्तानमा सैनिकसहित उपस्थिती जनाउन आए भने त्यो राम्रो हुँदैन भन्ने लाग्छ । 

उनीहरुले अफगानिस्तानमा अन्य देशको सैन्य उपस्थितीको नतिजा देखिसकेका छन् । यो उनीहरुका लागि खुला किताबसरह हो । अफगानिस्तानका जनता वा राष्ट्रिय परियोजनामा उनीहरुले गरेको सहयोग भने तारिफयोग्य छ,’ कतार बस्ने तालिवानका प्रवक्तामध्येका एक सुहाइल साहिनले भने,‘अफगानी जनताका लागि उनीहरुले बनाइदिएका ड्याम, राष्ट्रिय परियोजना, भौतिक पूर्वाधार र अफगानी जनताको आर्थिक समृद्धी तथा विकासका लागि उनीहरुले गरेको योगदानको हामी कदर गर्छौं ।’

‘दूतावासमा हमला गर्दैनौं’
साहिनले कुटनीतिक नियोग र दूतावासहरुलाई तालिवान पक्षबाटै कुनै खतरा नहुने बताएका छन् । ‘हामी कुनै पनि देशका कुटनीतिज्ञ र दूतावासलाई निशाना बनाउनेछैनौं । यो कुरा हामीले एकपटक भएर पटक–पटक विज्ञप्तिमार्फत बताइसकेका छौं । हाम्रा यी प्रतिवद्धताहरु सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् । जहाँसम्म भारतको चिन्ताको कुरा छ, यो उनीहरुको विषय हो । हाम्रो तर्फबाट भन्नुपर्दा कुनै पनि दूतावासमा आक्रमण गर्दैनौं भनिसकेका छौं,’ साहिनले एएनआईसँग भने ।

साहिनले अल्यपसंख्यक समुदायलाई पनि उनीहरुका धर्म मान्नका लागि तालिवानले नरोक्ने बताए । उनले यहाँ रहेका हिन्दू र शिखहरुले निर्वाध रुपमा आफ्नो धर्म मान्ने पाउने बताए । 

पछिल्लो समय अफगानिस्तानमा राजधानी काबूलबाहेक बाँकी सबै मुख्य शहर तालिवानले कब्जा गरिसकेको छ । अन्य शहरसँग सम्पर्क टुटेपछि अहिले राजधानी काबुलमा तेल, ग्याँस, खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको अभाव छ । अन्य शहरबाट तालिवानको त्रासले भागेर हिंडेकाहरु सडक किनारामै टेन्ट गाडेर बसेका छन् । महंगी चुलिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप