अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा
आइतबार, ३१ साउन २०७८, १० : १८
अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । तालिबान काबुलतर्फ बढिरहँदा राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब बढेको छ ।
यसैबीच, अमेरिकाले अफगानिस्तानको संकटग्रस्त देशबाट आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



