सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा

आइतबार, ३१ साउन २०७८, १० : १८
आइतबार, ३१ साउन २०७८

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । तालिबान काबुलतर्फ बढिरहँदा राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब बढेको छ । 

यसैबीच, अमेरिकाले अफगानिस्तानको संकटग्रस्त देशबाट आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप