नागरिकको सुरक्षार्थ ५ हजार अमेरिकी सैनिक अफगानिस्तानमा परिचालन हुने
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक, सहयोगी देशका नागरिक, अमेरिकी सेनालाई सहयोग गर्ने अफगानी र तालिवानबाट खतरा महसुस गरिरहेका अफगानीहरुको सुरक्षार्थ थप एक हजार सैनिक अफगानिस्तान पठाउन निर्देशन दिएका छन् । यससँगै अफगानिस्तानमा उद्धारका लागि जाने अमेरिकी सैनिकको संख्या ५ हजार पुगेको छ ।
‘अफगानिस्तानबाट अमेरिकी तथा अन्य सहयोगी गठबन्धनका सैनिक, कर्मचारी तथा नागरिकको सुरक्षित बर्हिगमनका लागि सहयोग गर्न झन्डै ५ हजार अमेरिकी सैनिक परिचालन गरिएको हो,’ राष्ट्रपति जो बाइडेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकालाई सहयोग पु¥याउने अफगानीहरु तथा रहेका अफगानी नागरिकहरुको सुरक्षित उद्धारमा यी सैनिकहरुले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । अमेरिकी कुटनीतिज्ञ, सेना र गुप्तचर टोलीको सिफारिसअनुसार यस्तो गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले ११ सेप्टेम्बरसम्म आफ्ना सबै सैनिक अफगानिस्तानबाट निकाल्नेगरी तयारी गरेको छ । यही योजनाअनुसार अमेरिकी सैनिकहरुले धमाधम अफगानिस्तान छाडिरहेका छन् । र, अमेरिकी सैनिक फर्कन थालेसँगै तालिवानी लडाकुहरुले अफगानिस्तानमा एकपछि अर्को इलाकामा कब्जा गरिसकेका छन् । आइतबारसम्म आइपुग्दा काबुलबाहेक अन्य सबै प्रमुख शहर तालिवानको कब्जामा गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण