सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकको सुरक्षार्थ ५ हजार अमेरिकी सैनिक अफगानिस्तानमा परिचालन हुने

आइतबार, ३१ साउन २०७८, १२ : ०७
आइतबार, ३१ साउन २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक, सहयोगी देशका नागरिक, अमेरिकी सेनालाई सहयोग गर्ने अफगानी र तालिवानबाट खतरा महसुस गरिरहेका अफगानीहरुको सुरक्षार्थ थप एक हजार सैनिक अफगानिस्तान पठाउन निर्देशन दिएका छन् । यससँगै अफगानिस्तानमा उद्धारका लागि जाने अमेरिकी सैनिकको संख्या ५ हजार पुगेको छ । 

‘अफगानिस्तानबाट अमेरिकी तथा अन्य सहयोगी गठबन्धनका सैनिक, कर्मचारी तथा नागरिकको सुरक्षित बर्हिगमनका लागि सहयोग गर्न झन्डै ५ हजार अमेरिकी सैनिक परिचालन गरिएको हो,’ राष्ट्रपति जो बाइडेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकालाई सहयोग पु¥याउने अफगानीहरु तथा रहेका अफगानी नागरिकहरुको सुरक्षित उद्धारमा यी सैनिकहरुले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । अमेरिकी कुटनीतिज्ञ, सेना र गुप्तचर टोलीको सिफारिसअनुसार यस्तो गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले ११ सेप्टेम्बरसम्म आफ्ना सबै सैनिक अफगानिस्तानबाट निकाल्नेगरी तयारी गरेको छ । यही योजनाअनुसार अमेरिकी सैनिकहरुले धमाधम अफगानिस्तान छाडिरहेका छन् । र, अमेरिकी सैनिक फर्कन थालेसँगै तालिवानी लडाकुहरुले अफगानिस्तानमा एकपछि अर्को इलाकामा कब्जा गरिसकेका छन् । आइतबारसम्म आइपुग्दा काबुलबाहेक अन्य सबै प्रमुख शहर तालिवानको कब्जामा गइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप