त्यो उदार अफगानिस्तान, यो अशान्त अफगानिस्तान
अमिन सैकाल
रक्तपातपूर्ण द्वन्द्वका कारण लामो समयदेखि प्रणालीगत अस्थिरता र असुरक्षाबाट अफगानिस्तान गुज्रिरहेको देख्नु निकै पीडादायी छ । कोभिड १९ को कमजोर व्यवस्थापन, गरिबी र यही समय विदेशी खेलाडीहरूले दिइरहेको धोकाले पीडा थपेको छ । यहाँको जनसङ्ख्या निकै सकसमा छ, भविष्यमा ठिकठाक हुने आशा थोरै मात्र छ ।
यो त्यो अफगानिस्तान रहेन, जो कुनै समय थियो । जो कुनै समय शान्त र सुरक्षित थियो । विकास नभए पनि विश्व राजनीतिमा यहाँको निष्पक्षताको नीतिलाई उच्च सम्मान गरिन्थ्यो । कोही पनि व्यक्ति स्वतन्त्रसाथ शहरभर घुम्न सक्थ्यो, साइकल चलाउनेहरूका लागि शहर घेर्ने ठूला पहाड मात्रै अवरोध थियो । पर्यटकहरूले काठमाडौँबाट यही देशको बाटो हुँदै युरोपको लामो बस टुर समेत गर्ने गरेका थिए । झन्डै चार दशकको अस्थिरतापछि १९७० को दशकको सुरुमा राजधानी काबुलमा अशान्तिको बादल मडारियो र त्यसको छाया देशभर प–यो ।
इस्लामिक बाहुल्य भए पनि अफगानिस्तानमा विविधता थियो । आधुनिकीकरणको गति सुस्त थियो, तर यहाँको प्राकृतिक सौन्दर्य र मानिसहरूले गर्ने व्यवहारले पर्यटकलाई लोभ्याउँथ्यो । महिला स्वतन्त्रता, छात्र र छात्रा दुबैका लागि प्रारम्भिक, माध्यमिक र उच्च शिक्षाको आधुनिक व्यवस्था, कला–संस्कृति र नाटक तथा यहाँका सञ्चारमाध्यम प्रगतिका मानक थिए ।
असंलग्न अभियानको संस्थापक रहेको यो देश निष्पक्षताको नमुनाका रूपमा विश्व समुदायमाझ परिचित थियो । यस देशका राजदूत अब्दुल रहमान पज्वाक सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्ष चुनिएका थिए । र, १९६९ मा भियतनाम शान्ति वार्ताका लागि सम्भावित स्थलका रूपमा काबूललाई अघि सारिएको थियो । धेरै युवा अफगानीहरुलाई आफ्नो देशको भविष्य सुन्दर हुने आशा थियो । तर, त्यस्तो भविष्य कहिल्यै आएन ।
१७ जुलाई १९७३ मा सुनौलो भविष्यको आशामाथि तुसारापात भयो, यस दिनले अफगानिस्तानको भाग्य र भविष्यमा चिसो पानी खन्याइदियो । काबुलमा यस दिन ‘कु’ भएको थियो, राजा जाहिर शाहको ४० वर्षे शासन समाप्त भएर गणतान्त्रिक युग सुरु भयो । आधुनिक इतिहासमा यी राजाकै कार्यकालमा अफगानिस्तान सबैभन्दा लामो समयसम्म शान्त र स्थिर थियो । तर, उनका भाइ (काकाका छोरा) मोहम्मद दाउदलाई यो मन परिरहेको थिएन । उनी आधुनिकताको सुस्त गति देखेर हैरान र बेकाबु थिए, आफूलाई राजाले संवैधानिक जिम्मेवारीबाट बाहिर राखेको रिस पनि थियो ।
लगभग रक्तपातविहीन ‘कु’ मार्फत दाउदले सत्ता हातमा लिए । सोभियत युनियनसँग नजिकको सम्बन्ध राखेका उनले सेनाको बलमा अफगानिस्तानलाई गणतन्त्र घोषणा गरे । उनले कम्युनिष्टहरुको पनि सहयोग लिएका थिए, यी कम्युनिष्टहरुलाई १९५० को मध्यदेखि नै सोभियत युनियनले तालिम र हतियार दिएको थियो । १९५३ देखि १९६४ सम्म अफगानिस्तानको प्रधानमन्त्री छँदा दाउदले सोभियत युनियनसँग मित्रता गाँसेका थिए । शीतयुद्धको यो समय पाकिस्तानसँग उनको सम्बन्ध भने कटुतापूर्ण थियो । डुरन्द लाइनलाई लिएर १९४७ देखि नै पाकिस्तानसँग तनाव कायम थियो ।
शक्ति हातमा लिएर गणतान्त्रिक अफगानिस्तानको प्रमुख बनेपछि भने दाउद केही फेरिए । उनले स्थानीय कम्युनिष्ट र सोभियत युनियनमाथिको आफ्नो निर्भरता कम गर्न थाले । बरु, पाकिस्तानसँग सम्बन्ध सुधारे । सोभियतका विरोधीहरू ईरानका राजा मोहम्मद रेजा शाह पल्लवी र इजिप्टका राष्ट्रपति अन्वर सदातसँग उनले निकटको सम्बन्ध राखे ।
उनले अमेरिकासँग पनि सहयोग मागे, यति बेलासम्म आफ्नो प्रमुख क्षेत्रीय सहयोगी ईरानका शाहले अफगानिस्तानको अनिश्चिततामा खेलिरहेको देखेर अमेरिका पनि दङ्ग नै थियो । दाउदको राजनीतिक उतार–चढाव देखेर मस्को र उसका अफगानी सहयोगीमा अविश्वास बढ्यो । र, यही समय पाकिस्तानले सीमा विवादमा दाउदको दाबीलाई खारेज गरिदियो ।
ईरानी शाहले वाचा गरेको २ अर्ब अमेरिकी डलर सहयोग दिलाउन सकेनन् । इजिप्टका सदातले पनि राजनीतिक सहयोग र प्रोत्साहन दिन सकेनन् । दाउदको योजना अलपत्र प¥यो ।
राजनीतिक स्थिरताको जग बसाल्नका लागि राजतन्त्रले इस्लामिक धार्मिक संस्थापन पक्ष र स्थानीय शक्ति केन्द्र वा बाहुबलीसँग बनाइरहेको सन्तुलित सम्बन्धलाई त्रिकोणीय सम्बन्धलाई दाउदको ढुलमुले नीतिले बिगा¥यो । यही विभाजनको फाइदा उठाएर सोभियत पक्षधरहरूले अप्रिल १९७८ मा रक्तपातपूर्ण सैन्य ‘कु’ गरे ।
उनीहरूले दाउद र उनको परिवारका अधिकांश सदस्यहरूलाई मारे । दाउदका धेरैजसो बफादार कर्मचारीहरू पनि यस घटनामा मारिए । अफगानिस्तानलाई सोभियतसँग भाइचाराको सम्बन्ध राख्ने प्रजातान्त्रिक गणतन्त्र घोषणा गरियो ।
यो अपरिपक्व क्रान्तिका कारण अफगानीहरु मस्कोको सहयोगमा धेरै निर्भर भए, जसकारण २० वर्षपछि सोभियत युनियनको हस्तक्षेप निम्तियो ।
यस घटनापछि अफगानिस्तानमा प्रतिरोध सुरु भयो । धेरै इस्लामिक समूहहरू मिलेर बनेको मुजाहिद्दिनले सामाजिक रूपमा विभाजित अफगानी समाजको स्वभावलाई उजागर ग¥यो । हस्तक्षेपले अमेरिकालाई पनि उद्भूत अवसर मिल्यो ः उत्तरी भियतनाममा सोभियतले सहयोग गर्दा अमेरिका एक दशकअघि जसरी हारेको थियो, त्यसको मूल्य मस्कोलाई चुकाउन बाध्य गराउने यो राम्रो मौका थियो ।
भर नभएका पाकिस्तानी सहयोगीमार्फत अमेरिकाले मुजाहिद्दिनलाई सहयोग ग¥यो, अहमद मसुद शाहजस्ता अफगानी प्रतिरोध अभियानका कट्टरपन्थी इस्लामिक तथा राष्ट्रवादी नेताको सहयोगमा अमेरिकालाई शीतयुद्ध युद्ध जित्न सहज भयो । यी कमान्डरले पहिले सोभियतसँग हिंस्रक रूपमा लडे । त्यसपछि पाकिस्तानको समर्थनप्राप्त तालिवान र उनीहरूका अलकायदा सहयोगीहरूसँग लडे ।
सोभियत पराजित हुनुको अर्थ आफ्नो मिशन पूरा भयो, सोभियतले छाडेपछिको सङ्क्रमणकालीन अफगानिस्तानमा आफ्नो संलग्नता आवश्यक छैन भन्ने अमेरिकालाई लाग्यो, यो महँगो पर्न गयो ।
यसपछि मुजाहिद्दिनले आफ्ना बन्दुकहरू एकअर्काविरुद्ध तेर्साए, पर्दा पछाडिको मुख्य खेलाडी पाकिस्तान थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हमला गर्नुभन्दा ठिक दुई दिनअघि अलकायदाका एजेन्टले मसुदको हत्या गरेका थिए, यस हमलापछि अमेरिकी सैनिक अफगानिस्तानमा घुसे । अमेरिकाको स्पष्ट लक्ष्य अलकायदा र उसलाई हुर्काउने तालिवानलाई ध्वस्त गर्नु थियो ।
अमेरिका र उसका अफगानी सहयोगीहरू यो लक्ष्य हासिल गर्दै अफगानिस्तानलाई रूपान्तरण विकासको कोर्समा लैजान असफल भए, उनीहरूले धेरै खाले संकट व्यहोर्नुप¥यो , जसको धक्का र कठोरतालाई कहिल्यै कम आँक्न मिल्दैन ।
द्वन्द्वअघिको अफगानिस्तानको शान्ति गुमिसकेको छ । अमेरिकी र उसका सहयोगीहरू हारेर फर्किएका छन् । जसरी उनीहरूले भियतनाम छाडेका थिए । र, नव कट्टरपन्थी तालिवानले प्रमुख शहरहरु कब्जामा लिइरहेको छ ।
लडाकुहरूका प्रतिस्पर्धीहरू, विशेष गरी महिलालाई आफ्नो जीवनको त्रास छ । मानिसहरू घरबार छाडेर भागेका छन् । विदेशी भूमिमा पनि शरणार्थीको भीड बढ्ने देखिएको छ ।
यो लडाई चाडै सकिने अपेक्षा कसैको गरेको छैन । अहिले तालिवान हाबी छ । तर, अफगानिस्तानका नेताहरूले नसके पनि सर्वसाधारण जनताले सधैँ कठिन अवस्थामा विखण्डनकारीहरूसँग प्रतिरोध गरेको इतिहास छ । पुरातनवादी कट्टरपन्थीहरुविरुद्ध यस पटक उनीहरूले आफ्नो रक्षा गर्नै पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’