तालिवान काबुलबाट मात्र ५० किलोमिटर टाढा
तालिवानले तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरुलाई कब्जा जमाइरहेको छ । विद्रोही समूह अब राजधानी काबुलभन्दा मात्र ५० किलोमिटर टाढा रहेको छ । देशका ३४ मध्ये १९ प्रान्त र त्यसको राजधानी तालिवानको नियन्त्रणमा पुगेको छ ।
राजधानी काबुलको सीमामा रहेको लोगरको प्रान्तीय राजधानी फूल–ए–आलममा पनि आफ्नो लडाकुहरु प्रवेश गरेको तालिवानको दाबी छ । यो काबुलबाट मात्र ५० किलोमिटरको दुरीमा रहेको छ र यसको अर्थ अब २ घण्टामा नै त्यहाँबाट तालिवान काबुल पुग्न सक्छन् । शुक्रबार मात्र तालिवानले कन्दाहार र लश्कर गाहमाथि पनि कब्जा जमाउन सफल भएको थियो ।
तालिवानले शुक्रबारसम्म निमरोज, जव्ज्जान, सर्पिल, तखारी, कुन्दुज, समनगन, फराह, बगलान, बदख्शन, गजनी, हेरात, बदघिश, कन्दाहार, हेलमन्द, घोर ऊरुजगान, जाबूल, लोगर र पक्तियासहित १९ प्रान्त र त्यसको राजधानी कब्जा गरिसकेको छ ।
यसबीच काबुलमा यतिबेला अन्योलको अवस्था रहेको छ । मानिसहरु अत्तालिएका छन् । कोही भने राष्ट्रपति असरफ घानीले राजीनामा दिने बताइरहेका छन् भने कोहीले तालिवानसँग लड्ने बताइरहेका छन् । सरकार र सैन्य अधिकारीहरुको सरगर्मी बढेको छ । शुक्रबार मात्र अशरफ घानीले राष्ट्रिय सुरक्षालाई लिएर उच्च स्तरीय बैठक गरेका छन् । उनले आफ्नो राजीनामाबारे अनुमानलाई विराम लगाउँदै तालिबानसँग मजबुतीका साथ लड्ने बताए ।
बीबीसीका अनुसार पछिल्लो एक महिनामा मात्र १ हजार बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । पछिल्ला केही दिनमा तालिवानले सरकारी मिडियाका प्रमुखदेखि राजनीतिक नेताहरुको हत्या गरेको छ । अमेरिका र बेलायतले आफ्नो दूतावासबाट कर्मचारीको संख्या कम गर्ने बताइसकेको छ । रुसले भने आफ्नो यस्तो कुनै योजना नरहेको बताएको छ ।
अफगानिस्तानमा तालिबानको बढ्दो पकडबीच नेटोका सहयोगी राष्ट्रहरुको शुक्रबार बैठक बसेको थियो । गठबन्धनले तालिबानको हिंसाको आलोचना गर्दै अफगान सरकारको समर्थन जारी राख्ने फैसला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण