जसपा विवाद : सर्वोच्चको आशमा महन्थ ठाकुर, हेड काउन्टबारे भोलि मात्र निर्णय

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् ।
पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरूपण गर्न 'हेड काउन्ट'का लागि निर्वाचन आयोगले एकताका समयमा गठित जसपाका कार्यकारिणी सदस्यहरूलाई आयोगमा उपस्थित हुन दिएको आदेश दिएको छ । यसका विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा हेड काउन्टको प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग गरिएको छ ।
अदालतले निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अन्तरिम आदेश दिने आशाबारे ठाकुर पक्षको आज बसेको कार्यकारिणी समितिमा समेत छलफल भएको हो । आयोगले हेडकाउन्टका लागि बोलाएपछि अध्यक्ष ठाकुरले आज कार्यकारिणी समितिको बैठक बोलाएका थिए । बबरमहलमा बोलाइएको बैठकमा अधिकांश कार्यकारिणी सदस्यहरूले सोमबार निर्वाचन आयोग जाने कि नजाने जिज्ञासा राखेका थिए । अध्यक्ष ठाकुरले 'भोलि पाँच बजेसम्म सर्वोच्च अदालतको आदेशलाई पर्खौँ, जे आदेश दिन्छ, त्यसको आधारमा निर्णय लिनेछौँ' भन्ने जवाफ दिएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले रातोपाटीलाई बताए ।
उनले भने, 'हामीलाई विश्वास छ, निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अदालतले स्टे अर्डर जारी गर्छ । यदि दिएन भने त्यसपछि सोमबार के गर्ने भन्ने विषयमा आजको बैठकमा कुराकानी भएको छ ।’
सो मुद्दाको भोलि सर्वोच्चमा पेसी छ । सर्वोच्च आदेश आएपछि कार्यकारिणी समितिको बैठकले सोमबारका लागि एउटा निर्णय गर्ने बताइएको छ । भोलि चार बजेका लागि पुनः कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।
आजको बैठकमा ठाकुर पक्षका १९ कार्यकारिणी सदस्यहरूमध्ये जनामध्ये गोविन्द चौधरी (रौतहट) र वृषेशचन्द्र लाल अनुपस्थित थिए । सधैँ बैठकमा अनुपस्थित हुँदै आएका राजकिशोर यादव भने आजको बैठकमा आएका थिए । उनी आएर एक छिन बैठकमा बसेको र ठाकुरसँग छुट्टै कुराकानी गरेर त्यहाँबाट निस्केको पार्टी स्रोतले जनाएको छ ।
यता, बैठकमा सहभागी कार्यकारिणी सदस्य मनिष सुमनले भने आजको बैठक एजेन्डामा नै प्रवेश नगरेको बताउँदै भोलि चार बजेका लागि बैठकले केही निर्णय गर्ने सम्भावना रहेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान