जसपा विवाद : दुवै पक्षको छुट्टाछुट्टै बैठक बस्दै
शनिबार, ०९ साउन २०७८, ११ : ४७

जनता समाजवादी पार्टी नेपालको दुवै समूहको छुट्टा छुट्टै कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने बताइएको छ ।
निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेपछि त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको हो । दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्याउनका लागि प्रयास गरिरहेका छन् ।
हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशको विरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा हिजो रिट दायर गरेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने