मोहन वैद्य र विप्लवबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सँग भेटवार्ता गरेका छन् । नेताद्वयबीच शनिबार भेटवार्ता भएको हो । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक विषयमा छलफल भएको नेकपाका महासचिव विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।
विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यस्तै विहीबार कोटेश्वर पुगेर एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले भेटघाटमा तीव्रता दिएपछि पूर्व माओवादी समूहहरूको एकता बहसमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अवैध चामल प्याकिङ गर्ने तीन खाद्य कम्पनीमाथि कारबाही
-
पूर्व विशिष्टलाई सुविधाको हल्लाको पछि नलागौँ : उपप्रधानमन्त्री सिंह
-
पर्यटनमन्त्री पाण्डेमाथि कारबाही माग गर्दै सांसद बजगाइँले दिए उजुरी
-
सातामा ८१.९५ अंकले घट्यो सेयर बजार, यस्तो छ घटबढको प्राविधिक सम्भावना
-
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र
-
विद्युत् नियमन आयोग सदस्यले लिए शपथ