प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच बिहीबार भेटवार्ता भएको छ । विप्लव भेटवार्ताका लागि नेपाल निवास कोटेश्वर पुगेका थिए ।
जहाँ तीन नेताबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपाल र प्रचण्डसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ ।
यसअघि बुधबार विप्लवले अध्यक्ष प्रचण्डसँग खुमलटारमा पनि भेटवार्ता गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्ति प्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाइलगायतका माग पूरा नभएको सन्दर्भमा विप्लवले सक्रियता बढाएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण