बाबुराम र विप्लवबीच भेटवार्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।
विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यस्तै विहीबार कोटेश्वर पुगेर एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले भेटघाटमा तीव्रता दिएपछि पूर्वमाओवादी समूहरूको एकता बहसमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

