विप्लवले प्रचण्डलाई सोधे, ‘ओलीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन हुन्छ कि हुँदैन ?’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर बुधवार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
आजको भेटवार्ता केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा केन्द्रित भएको नेता बास्तोलाले रातोपाटीलाई बताए । ओली सरकार तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरूको रिहाइको माग गर्दै आइरहेको छ ।
‘विप्लव कमरेडले प्रचण्डसँग पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्छ कि गर्दैन भनेर चासो व्यक्त गर्नुभयो,’ बास्तोलाले भने, ‘धेरै नेता कार्यकर्ता रिहाइ हुन बाँकी छन् । त्यसबारे पनि छलफल भयो ।’ विप्लवको जिज्ञासाको जवाफमा प्रचण्डले वर्तमान सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको पनि बास्तोलाले जानकारी दिए ।
यसको साथै आजको भेटमा देशमा भएको पछिल्लो राजनीतिक उथलपुथलको बारेमा पनि छलफल भएको उनले बताए । ‘पार्टी एकताको विषयमा केही कुराकानी भयो कि ?,’ भन्ने प्रश्नमा भने उनले त्यसबारे कुनै छलफल नभएको तर निश्चित विषयमा सहकार्य गर्दै अघि बढ्ने कुरामा भने सहमति भएको रातोपाटीलाई बताए ।
प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण