आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइपुग्यो अमेरिकाले उपहारमा दिएको कोरोना खोप

सोमबार, २८ असार २०७८, १० : ३७
सोमबार, २८ असार २०७८

अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो। 

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो । 

यो खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो ।

​नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् । नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप