अमेरिकी राजदूतले भने– राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं
काठमाडौं । अमेरिकी राजदूत -याण्डी बेरीले राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने प्रस्ट पारेका छन् ।
सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत जोन्सन एन्ड जोन्सन खोपको १५ लाख ३४ हजार ८५० मात्रासहितको डेलिभरी नेपाल आइपुगेको सन्दर्भमा उनले ट्वीटरमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
‘म स्पष्ट पार्न चाहन्छु, यो अमेरिकी जनताको तर्फबाट निःशुल्क उपहार हो । राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं,’ उनले भनेका छन्, ‘यो जीवनरक्षासँग जोडिएको विषय हो ।’
कोभिड–१९ विरुद्धको पूर्ण खोपका लागि जोन्सन एन्ड जोन्सनको एउटैमात्रा लगाए पुग्ने पनि उनले प्रस्ट पारेका छन् । कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक अनुदान सहयोगस्वरुप प्राप्त यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरुको सुरक्षाका निम्ति पर्याप्त रहेको उनले जनाएका छन् । ‘यो नेपालको जनसंख्याको लगभग ५ प्रतिशत हो,’ उनले भनेका छन्, ‘झण्डै ७५ वर्षदेखि अमेरिका नेपालको सबैभन्दा नजिकको साझेदार रहँदै आएको छ । इतिहासकै यस पृथक चुनौतीको घडीमा आज हाम्रो साझेदारी सदाभन्दा झन् महत्वपूर्ण बनेको छ ।’
अमेरिका नेपालको कोभिड–१९ प्रतिकार्यमा जारी सहयोग प्रदान गर्ने सबैभन्दा ठुलो दातृराष्ट्र भएको उल्लेख गर्दै उनले यसबाट आफूलाई गर्व लागेको पनि बताएका छन् । ‘हामी नेपाली जनताको जीवनस्तरमा सुधार गर्ने कार्यमा मद्दत गर्न चाहन्छौं,’ उनले भनेका छन्, ‘यस चुनौतीपूर्ण घडीमा हामी नेपाली जनताको साथमा छौं । यसमा हामी सबै सँगै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
