शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित

आइतबार, २७ असार २०७८, १८ : ४७
आइतबार, २७ असार २०७८


नेकपा एमालेको आज बस्ने भनेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको थियो । कार्यदलको बैठक जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो । यता, एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप