नेपाल पक्ष भन्छ, ‘स्थायी कमिटी बैठकबारे थाहा छैन’
नेकपा एमालेको केपी शर्मा ओली पक्षको बैठक बारे माधव नेपाल पक्षले अनभिज्ञता प्रकट गरेको छ । नेपाल पक्षको अनभिज्ञताले एमालेभित्रको विवाद मिलाउने कार्यदलको प्रयास असफल भएको संकेत देखिएको छ । नेपाल पक्षका नेता मुकुन्द न्यौपानेले रातोपाटीसँग भने, ‘स्थायी बैठक बोलाइएको हामीलाई जानकारी छैन ।’
एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला ओली पक्षले आइतबार अपरान्ह चार बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएसँगै विवाद समाधानको प्रयास निरर्थक बनेको आँकलन गरिएको छ । यसअघि बिहान कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई वरिष्ठ नेता माधव नेपालले अस्वीकार गर्दै सच्याउन भनेका थिए । नेपालले असहमति जनाएपछि कार्यदलका सदस्यहरु सहमतिका लागि पुनः छलफलमा जुटेका थिए । ओली पक्षका नेताहरुले आजै सहमतिमा हस्ताक्षर हुने दाबी गरेका थिए ।
सहमति नजुटी ओली पक्षले स्थायी कमिटी डाकेपछि माधव नेपाल पक्षमाथि कारवाही हुने सम्भावना बढेको छ । आजको बैठकमा पूर्व माओवादी पक्षबाट थपिएका स्थायी समिति सदस्यहरु पनि सहभागी हुने बताइएको छ ।
यद्यपि, सिंहदरबारमा कार्यदलको बैठक भने जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
