शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पक्ष भन्छ, ‘स्थायी कमिटी बैठकबारे थाहा छैन’

आइतबार, २७ असार २०७८, १५ : २६
आइतबार, २७ असार २०७८

नेकपा एमालेको केपी शर्मा ओली पक्षको बैठक बारे माधव नेपाल पक्षले अनभिज्ञता प्रकट गरेको छ । नेपाल पक्षको अनभिज्ञताले एमालेभित्रको विवाद मिलाउने कार्यदलको प्रयास असफल भएको संकेत देखिएको छ । नेपाल पक्षका नेता मुकुन्द न्यौपानेले रातोपाटीसँग भने, ‘स्थायी बैठक बोलाइएको हामीलाई जानकारी छैन ।’

​एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला ओली पक्षले आइतबार अपरान्ह चार बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएसँगै विवाद समाधानको प्रयास निरर्थक बनेको आँकलन गरिएको छ । यसअघि बिहान कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई वरिष्ठ नेता माधव नेपालले अस्वीकार गर्दै सच्याउन भनेका थिए । नेपालले असहमति जनाएपछि कार्यदलका सदस्यहरु सहमतिका लागि पुनः छलफलमा जुटेका थिए । ओली पक्षका नेताहरुले आजै सहमतिमा हस्ताक्षर हुने दाबी गरेका थिए ।

सहमति नजुटी ओली पक्षले स्थायी कमिटी डाकेपछि माधव नेपाल पक्षमाथि कारवाही हुने सम्भावना बढेको छ । आजको बैठकमा पूर्व माओवादी पक्षबाट थपिएका स्थायी समिति सदस्यहरु पनि सहभागी हुने बताइएको छ ।

यद्यपि, सिंहदरबारमा कार्यदलको बैठक भने जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप