ओली पक्षले बोलायो स्थायी कमिटी बैठक
नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए । एमालेभित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो । कार्यदलको बैठक जारी रहेको बेला ओली पक्षले बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यसअघि, कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए । मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका हुन् । नेपालले असहमति जनाएपछि सहमतिका लागि कार्यदल सदस्यहरु पुन: छलफलमा जुटेका छन् ।
| अदालतलाई प्रभावित पार्ने शब्द राखेको भन्दै माधव नेपालले फर्काए मस्यौदा |
एमालेका दुई पक्षबीच आज नै सहमति हुने नेताहरुले दाबी गरे पनि पार्टीभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण