नेकपा माओवादी केन्द्रको दाबी गर्दै पराजुली पुगे निर्वाचन आयोग
नेकपा माओवादी केन्द्रको मान्यता आफ्नो पार्टीले पाउनुपर्ने भन्दै भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । पराजुलीले यसअघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा आफ्नो पार्टी (गौरवशाली ) एकता गरेका थिए । तर पछिल्लो समय प्रचण्ड एमालेमा प्रवेश गरिसकेकाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आफ्नो नेतृत्वमा रहेकाले राजनीतिक दलको मान्यता दिलाउनुपर्ने भन्दै पराजुलीले शुक्रबार आयोगमा निवेदन दिएका हुन् ।
पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्वतः आफ्नो हुनुपर्ने दाबी गरेका छन् ।
पराजुलीले नेपालको शान्तिपूर्ण सङ्घर्ष तथा क्रान्तिको नेतृत्व समेत गरी गणतान्त्रिक संविधान तयार गर्नमा अग्रणी भूमिका खेलेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आधिकारिक रूपमा घोषणा गर्दा दशवटा माओवादी पार्टी एकता भनिए पनि मुख्यतः निर्वाचन आयोगमा दर्ता भएका तीनवटा पार्टी एकीकरण भएको उल्लेख गरेका छन् ।
पराजुलीले भनेका छन्, ‘त्यसमध्ये पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको एकीकृत नेकपा (माओवादी), भविसोर नेतृत्वको नेपाल गौरवशाली पार्टी, मातृका यादव नेतृत्वको ने.क.पा.(माओवादी) बीच सम्मानजनक एकता भएको र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेपाल गौरवशाली पार्टी एक आधिकारिक प्रमुख घटक भएको यो सत्य तथ्य नै हो ।’
पराजुलीले सम्मानजनक एकता निर्माण गर्ने एकताको प्रमुख घटकको सहमति विना नै पार्टी नीति, विधान, विधि विपरीत तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरेको पराजुलीको भनाई छ । ‘हामीले हाल नेतृत्व गरी विकास गरिरहेको पार्टी नै वैधानिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हो । यसमा कुनै विवाद र शङ्का नै छैन’, पराजुलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




