आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् पुनः स्थापनापछि राष्ट्रपतिलाई महाभियोग नलगाउने हो भने ठुलो सङ्कट आउनेवाला छ : रमण श्रेष्ठ

सोमबार, १४ असार २०७८, १७ : ०७
सोमबार, १४ असार २०७८

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले संसद् पुनः स्थापना भयो भने तत्काल राष्ट्रपतिलाई महाभियोग नलगाउने हो भने ठुलो सङ्कट आउने बताएका छन् । 

​सोमबार विपक्षी ५ दलले विभिन्न पेसागत क्षेत्रका बुद्धिजीवीसँग  नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै उनले सरकारको कदमको प्रतिरक्षा गर्न अदालतमा आएको जवाफमा सरकार बनाउने अधिकार राष्ट्रपतिमा रहेको दाबी गरिएकोले सचेत रहन विपक्षी गठबन्धनलाई आग्रह गरे । 

उनले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आएकोले विपक्षी गठबन्धनको भविष्य र मार्गचित्र के छ स्पष्ट पार्न आग्रह गरे । उनले यदि भोलि शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा विश्वासको मत लिनुपर्ने अवस्थामा माधव नेपाल पक्षका सांसदले के गर्छन् भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप