विपक्षी दललाई शम्भु थापाको प्रश्न : सत्तामा नभएको बेला हामी चाहिने, अरूबेला किन नचाहिने ?
वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दललाई आफु सत्तामा नभएको बेला बुद्धिजीवीहरू चाहिने बताएका छन् । सोमबार विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै थापाले सत्तामा रहुञ्जेल बुद्धिजीवी नचाहिने र सत्ताबाहिर पुगेपछि चाहिने भन्दै ब्यङ्ग्य गरे ।
उनले विपक्षी दलका नेताहरूलाई आज सरकारले गरेको संवैधानिक नियुक्ति जस्तै तपाईले पनि भोलि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ? भन्दै प्रश्न गरे । उनले सबै दल मिलेर समाजवाद ल्याउने भनेर संविधानमै लेखेको तर समाजवाद ल्याउने कुनै काम नगरेको बताए । उनले त्यसका लागि विद्येयक ल्याउनुभयो ? त्यत्रो जनयुद्ध गर्नुभयो तर त्यसका लागि न्युनतम कुरा के ल्याउनुभयो भन्दै प्रश्न गरे ।
अहिले अदालतमा सेटिङको कुरा आएको भन्दै उनले भने, ‘मुद्दा हेर्ने न्यायाधीश छान्दा धेरै देशमा पैसा खाएर वाक्क दिक्क पारेपछि अटोमेशन सिस्टम ल्याएको छ । नेपालमा केही न्यायाधीशले त्यसको अभ्यास गर्न खोजेपनि अहिले त्यसलाई रोकिएको छ ।’
अधिवक्ता थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारले गरेको संवैधानिक नियुक्तिमा कति भाग पाएको छ भन्दै प्रश्न गरे । देउवाले त्यसको प्रष्ट जवाफ दिन आग्रह गरे । राष्ट्रपति खोपीको देउताको रूपमा रहेको भन्दै उनलाई थप अधिकार दिने प्रपञ्च नगर्न उनले समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का