किन आयो मेलम्चीमा यति भीषण बाढी ?

गत मंगलबारदेखि सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्यायो । हेलम्बु तथा मेलम्चीवासीले अहिलेसम्म नदेखेको तथा नभोगेको यति ठूलो बाढी कसरी आयो त ? जल तथा मौसम विज्ञान विभाग अन्र्तगत रहेको बाढी पूर्वानुमान शाखाले यसबारे केही प्रारम्भिक तथ्यहरु सार्वजनिक गरेको छ ।
मेलम्ची जलाधारको शेर्माथाङ्गस्थित वर्षामापन केन्द्रमा गत २९ गते धेरै भारी वर्षामापन भएको थियो । त्यस वरपरका अन्य केन्द्रहरूमा हल्कादेखि भारी वर्षामापन भएको र गत जेठ ३० देखि असार १ गतेसम्म सो जलाधारमा हल्का देखि मध्यम मात्र वर्षामापन भएको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
पहिरोले १ घण्टा हाराहारी थुनेको थियो मेलम्ची खोला
असार १ गते उक्त जलाधार क्षेत्रमा मध्यम वर्षा भइरहँदा मेलम्चीध्याङ नजिक पहिरो गई मेलम्ची खोला थुनिएको थियो । जसका कारण मेलम्ची खोलाको नाकोटे जलमापन केन्द्रमा करिव एक घण्टा समयावधिमा जलसतह एकासी घटेको र अकस्मात पहिरोले खोला थुनिएर बनेको अस्थायी बाँध बिस्फोट भएर बाढीको रुप लिँदा तल्लो तटीय क्षेत्र मेलम्ची बजारमा जनधनको क्षति हुन पुग्यो ।
मेलम्चीध्याङ नजिक मेलम्ची खोला पहिरोले १ घण्टा थुनिएको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । सानो ताल बनेर विस्फोट भएपछि तल्लो भागमा क्षति पु¥याएको जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘खोलामा पहिरो खसेर केही समय छेकेर फुटेपछि बाढी आएको हो । स्याटेलाइटबाट त्यहाँको पहिलेको दृश्य र पछिको दृश्य विश्लेषण गर्दा त्यहाँ पहिरो गएको देखियो । अरु केही कारण थाहा पाउन स्थलगत अध्ययन गर्नुपर्ने हुन्छ हामी त्यसको तयारीमा पनि लागिरहेका छौँ ।’
पहिरो गएको क्षेत्रमा भूकम्पका बेला पनि पहिरो गएकोले सो क्षेत्रको भूवनोट कमजोर भएको विश्लेषण गरिएको छ । पहिरोले थुनिएको खोला बिस्फोट भएपछि पानीको मात्रा भन्दा बढी ढुङ्गा, माटो, रुखपात हाँगाबिगा लगायतका चिजहरु बगेकोले भयावह अवस्था आएको श्रेष्ठले बताए । उनले भने–‘त्यहाँ पानीको मात्रा भन्दा बढी माटो ढुङ्गा, रुखपात बगेको छ । बाढी भन्दा हामी पानीमात्र बगेको बुझ्छौँ । यो चाही पानी बाहेक अन्य चिजहरुपनि त्यसमा मिसिएर आएको अवस्था हो ।’
उनले खोलामा अझैपनि पहिरोको भागहरु बाकी रहेको हुनसक्ने भएकोले पानी पर्दा फेरीपनि त्यसरी नै लेदो सहितको बाढीको जोखिमको सम्भावना रहेको उल्लेख गरे ।
हेलम्बु क्षेत्रमा कति परेको थियो पानी ?
गत जेठ २९ गते हेलम्बुको शेर्माथानमा १ सय १० दशमलव २ मिलिमिटर बर्षा भएको थियो । जेठ ३० गते ३३ मिलिमिटर, जेठ ३१ गते ११ दशमलव ८ मिलिमिटर, असार १ गते १८ दशमलव ८ मिलिमिटर र असार २ गते २९ दशमलव ४ मिलिमिटर पानी परेको थियो ।
यस्तै मेलम्ची जलाधार क्षेत्रमा पर्ने थाङपालधापमा पनि जेठ २९ गते भारी बर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको आँकडा छ । धापमा जेठ २९ गते ५८ मिलिमिटर वर्षा भएको थियो । यस्तै जेठ ३० गते ३४ दशमलव ६ मिलिमिटर, जेठ ३१ गते ९ दशमलव २ मिलिमिटर, असार १ गते १० दशमलव ८ मिलिमिटर र असार २ गते १० दशमलव ४ मिलिमिटर वर्षा भएको थियो ।
सबैभन्दा धेरै पानी पर्ने नेपालका पकेट क्षेत्रअन्तर्गत कास्कीको लुम्लेपछि सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र पनि रहेको विभागका बाढी पूर्वानुमान शाखा प्रमुख श्रेष्ठले बताए । आगामी दिनमा मनसुन अझै सक्रिय हुने हुँदा सो क्षेत्रमा प्रकोपको अवस्था कस्तो हुन्छ भनेर अनुमान गर्न नसकिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
गुजराजले सजिलै हरायो बेंगलुरुलाई
-
सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन प्रस्ताव
-
पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
-
‘रसियन गाउँका सडकमा बनाइने पुलको क्षमता अनुसार महेन्द्र राजमार्गका पुल बनाइएका छन्’
-
माओवादी र मधेसी जनताबिचको सम्बन्धलाई कमजोर पार्न धेरै जालझेल भए : प्रचण्ड