ग्राउण्ड जिरो : बाढीले वितण्डा मच्चाएको मेलम्चीमा रूवाबासी, बजार बन्यो बगर (फोटोफिचर)

अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका हो भने बजार बगरमा परिणत भएको छ ।
बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् ।
आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । हिजो साँझदेखिको बाढीपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै सेनाका साथै स्थानीयहरु उद्दार र राहतमा जुटेका छन् । यस्तै सभामुख अग्नि सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लगायतपनि घटनास्थलको निरीक्षणमा पुग्दै उद्दार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
उसोत मेलम्चीको माथिल्लो भेगका क्षेत्रमा बाढीले मानवीय क्षति समेत पुगेको छ । हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर ७ जना बेपत्ता भएका छन् भने भौतिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ ।
मेलम्ची क्षेत्रमा पुगेका रातोपाटीकर्मी सुवास श्रेष्ठले खिचेको भयावह अवस्थाको केही तस्बिर हेरौंः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने
-
शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक
-
संसारकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा सुरु, यस्तो छ परिक्रमा पथ
-
रेफ्रीमाथि खनिएपछि चार खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा
-
ब्राजिलियन प्रतिद्वन्द्वीलाई हराउँदै अर्जेन्टिनी क्लबले चुम्यो उपाधि