शुक्रबार यी जिल्लामा बाढीको खतरा
आज असार ४ गते शुक्रबार । आज बिहानको मापनअनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने महाशाखाको पूर्वानुमान छ । कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्ष भइ बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने बताइएको छ ।
यता, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
आज प्रदेश १ को इलाम झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भइ बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) हुन सक्ने महाशाखाको पूर्वानुमान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण